11/06/2025 | Press release | Distributed by Public on 11/06/2025 00:37
विभिन्न प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगी तहाँ अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा विभिन्न काममा लगाइएका 14 (चौध) जना नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले म्यान्मार तथा थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरी थाईल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै थाइल्याण्ड ल्याई आज मिति 2082 कात्तिक 19 गतेका दिन नेपाल एयरलाइन्सको उडान नं. RA402 मार्फत नेपाल फर्काइएको छ। त्यसैगरी,म्यानमारमा रहेका थप ११ जना नेपालीहरूलाई यथासिघ्र नेपाल फर्काउने गरी म्यानमार तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय भईरहेको छ।
म्यानमारको म्यावडीमा रहेका विभिन्न स्क्यामिङ्ग केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात ३८ जना नेपालीहरू समेत विभिन्न २८ मुलुकका २००० भन्दा बढी विदेशीहरू थाईल्याण्ड प्रवेश गरेका थिए। उक्त ३८ जना नेपालीहरूलाई समेत नेपाल फर्काउनको लागि थाईल्याण्डको सम्बन्धित निकायसँग समन्वय भईरहेको छ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस,म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुन: अनुरोध गर्दछ। साथै,आमसञ्चार माध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन नेपाली राजदूतावास बैंकक हार्दिक अनुरोध गर्दछ।
नेपाली राजदूतावास,बैकक
19 कात्तिक 2082