Ministry of Foreign Affairs of Nepal

03/10/2025 | Press release | Archived content

Press Release

प्रेस विज्ञप्ति

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गर्नुभएको छ। मन्त्री डा. राणा भारतको झारखण्ड राज्यस्थित प्रसिद्ध धार्मिक स्थल बाबा वैद्यनाथ धाममा पूजाआजा गर्न जाने कार्यक्रम रहेको छ।

धार्मिक भ्रमणपश्चात् परराष्ट्र मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा The Observer Research Foundation (ORF) ले यही १७ देखि १९ मार्च २०२५ सम्म नयाँ दिल्लीमा आयोजना गर्ने Raisina Dialogue मा सहभागी हुनुहुने छ।

Raisina Dialogue सन् २०१६ देखि नियमित रुपमा आयोजना भइरहेको छ।उक्त Dialogueमा विश्वका विभिन्न देशका राजनीतिक व्यक्तित्व, कूटनीतिज्ञ, नीति निर्माता तथा विश्लेषकबीच अन्तर्राष्ट्रिय सम्बन्ध, वैश्विक चुनौतीहरु रणनीतिक विषयहरुमा छलफल तथा विचार विमर्श हुने गर्छ। विश्वका विभिन्न मुलुकका प्रधानमन्त्री तथा विदेश मन्त्रीहरुको सहभागिता रहने उक्त कार्यक्रममा मन्त्री डा. राणाले सम्बोधन गर्नुहुनेछ।उक्त कार्यक्रममा भाग लिनुका साथै मन्त्री डा. राणाले भारत लगायत अन्य मुलुकका उच्च अधिकारीहरुसँग समेत द्विपक्षीय भेट तथा बैठकहरु गरी आपसी हितका विषयहरुमा छलफल गर्नुहुनेछ।

२६ फागुन २०८१

Ministry of Foreign Affairs of Nepal published this content on March 10, 2025, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on April 08, 2025 at 13:13 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at [email protected]