Ministry of Foreign Affairs of Nepal

04/02/2026 | Press release | Distributed by Public on 04/02/2026 06:29

Press Release- Operation of Special Flights by Nepal Airlines

माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यूको पहलमा ३१ मार्च २०२६ का दिन परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणतथा नेपाल वायुसेवा निगमका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको बैठकमा पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको उद्धार र आवागमन सहज बनाउने तथा आवश्यक हवाई सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको र माननीय परराष्ट्रमन्त्रीज्यूको निर्देशनमा नेपाल वायुसेवाले मिति ३ देखि ५ अप्रिल २०२६ सम्म निम्न क्षेत्रमा विशेष उडान सञ्चालन गर्ने ब्यहोरा अनुरोध छ। पश्चिम एसियामा विद्यमान तनाव तथा सुरक्षा अवस्थाका कारण यी क्षेत्रमा नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहेका थिए।

उक्त उडानहरूको व्यवस्था गरेकोमा मन्त्रालय नेपाल एयरलाइन्सलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ। साथै, उक्त उडान सञ्चालनका लागि आवश्यक बीमा व्यवस्था सहज बनाउन सहयोग पुर्‍याएकोमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रति पनि मन्त्रालय कृतज्ञता व्यक्त गर्दछ।

पश्चिम एसियामा विद्यमान तनावको अवस्थामा समेत विशेष उडान सञ्चालन गर्न योगदान र समन्वय गर्नुहुने अन्य सरोकारवाला निकायहरुलाई पनि परराष्ट्र मन्त्रालय हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

उडान विवरण

Dates

Flight Number

Sector

Time

03 April 2026

RA 229

Kathmandu-Dubai

23:15 (Local Time)

04 April 2026

RA 230

Dubai-Kathmandu

04:10 (Local Time)

05 April 2026

RA 241

Kathmandu-Damam

08:30 (Local Time)

05 April 2026

RA 242

Damam-Kathmandu

12:20 (Local Time)

यसअघि ०१ अप्रिल २०२६ मा कुवेत एयरवेजको एउटा उडान भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। उक्त उडानमा २९१ यात्रु र कुवेतमा हालको परिस्थितिभन्दा अन्य कारणले मृत्यु भएका नौ (९) जना नेपाली नागरिकको शव समेत ल्याइएको थियो।

_____

परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौँ
१९ चैत्र २०८२

Ministry of Foreign Affairs of Nepal published this content on April 02, 2026, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on April 02, 2026 at 12:30 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at [email protected]