Ministry of Foreign Affairs of Nepal

11/02/2025 | Press release | Distributed by Public on 11/02/2025 06:57

Notice regarding Physical Infrastructure Reconstruction Fund

गत मिति २०८२/०५/२३ र २४ गते नेपालमा भएको जेन-जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनःनिर्माण र शहीद परिवार र घाइतेलाई सहयोग गर्ने नाममा विभिन्न व्यक्ति तथा संस्था/समूहहरूले विदेशमा चन्दा/सहायता संकलन गरिरहेको र कतिपयले त्यस्तो रकमको दुरुपयोग पनि गरेको भन्ने विषयमा परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।

आन्दोलनका क्रममा भौतिक संरचना एवं पूर्वाधारमा पुगेको क्षतिको पुनःनिर्माणका लागि पारदर्शी र प्रभावकारी रूपमा सहायता परिचालन गर्ने उद्देश्यले नेपाल सरकारले निम्नबमोजिमको कोष स्थापना गरेको बेहोरा विदितै छ।

Fund: Physical Infrastructure Reconstruction Fund

Bank: Rastriya Banijya Bank (RBB)

Account Name: National Reconstruction Authority

Account Number: 1960100102070004

Swift Code: RBBANPKA

पुनःनिर्माणमा सहयोग गर्न इच्छुक दाताले सोझै उक्त कोषमा रकम जम्मा गर्न सक्नुहुनेछ। कुनै व्यक्ति वा संस्था/समूहले संकलन गरेको सम्पूर्ण रकम पनि सोही कोषमा यथाशीघ्र जम्मा गर्नुहुन अनुरोध छ।

शहीद परिवार र घाइतेका सन्दर्भमा प्रचलित नीतिअनुसार आफ्नै स्रोतबाट सबै प्रकारका सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको छ।

संकलित रकम दुरुपयोग भएको भन्ने गुनासोहरू प्राप्त भएको सन्दर्भमा सम्बन्धित सबैलाई सजग रहन अनुरोध गरिन्छ। यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा नजिकैको नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं।

परराष्ट्र मन्त्रालय
सिंहदरबार
, काठमाडौं
२०८२ कात्तिक
१६

Ministry of Foreign Affairs of Nepal published this content on November 02, 2025, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on November 02, 2025 at 12:57 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at [email protected]