Ministry of Foreign Affairs of Nepal

07/15/2025 | Press release | Distributed by Public on 07/14/2025 23:49

Press Release. Embassy Of Nepal, Abu Dhabi.

प्रेस विज्ञप्ति ।

गैरआवासीय नेपाली संघ, यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजना तथा नेपाली राजदूतावास, अबुधाबीको संरक्षकत्वमा यही मिति २०८२ साल आषाढ २९ गतेका दिन दुबईमा "सुरक्षित आप्रवासन सम्बन्धी सचेतना तथा श्रमिक संवाद कार्यक्रम" सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा यूएईमा कार्यरत नेपाली श्रमिकहरूको हक, अधिकार, र सुरक्षा सम्बन्धी विषयमा विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। साथै, वैदेशिक रोजगारीमा आउदाँ अपनाउनु पर्ने सावधानी, नियम, कानून र समस्याहरूको समाधान प्रक्रिया, तथा श्रमिकहरूको भोगाइ र अनुभव आदानप्रदान गरियो।उक्त कार्यक्रममा श्रमिकहरूका समस्याहरू सुन्ने, सरोकारवाला निकायबाट जवाफ र समाधानका उपायहरू प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिएको थियो।कार्यक्रममा नेपाली राजदूतावास अबुधाबीका महामहिम राजदूत श्री तेज बहादुर क्षेत्री लगायतका विभिन्न पदाधिकारीहरु, नेपाली महावाणिज्यदूतावास दूबईका महावाणिज्यदूत श्री हरि प्रसाद ओडारी लगातयका पदाधिकारीहरु र विभिन्न सामाजिक संघसंस्था तथा विभिन्न कम्पनीहरुमा कार्यरत Security Guards, निर्माण क्षेत्र लगायत अन्य क्षेत्रमा कार्यरत श्रमिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

Dubai Police को तर्फबाट Lieutenant Ms. Maitha Mohamed, Major Ali, Crime Prevention Team का Sergeant Mr. Yar Mohamed Qasem को विशेष उपस्थिति रहेको थियो। Mr. Qasem ले युएईमा श्रमिकहरूले रहँदा बस्दा अपनाउनु पर्ने कानुनी सावधानी, सुरक्षा, मर्यादित व्यवहार तथा Dubai Police App को "Police Eye" सुविधा बारे विस्तृत जानकारी दिँदै यसको प्रयोग गर्न श्रमिकहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा श्रम काउन्सेलर श्री दिपेन्द्र पौडेलले युएईमा कार्यरत श्रमिकहरूले भोगिरहेका समस्या तथा समाधानका उपायहरूबारे जानकारी दिनुभयो। प्रथम सचिव श्री तिल बहादुर सुनारले पासपोर्ट तथा कन्सुलर सेवासम्बन्धी जानकारीहरू प्रस्तुत गर्नुभयो। श्रम सहचारी श्री पंकज लाभ कर्णले सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको सहभागिता, निरन्तरता र लाभहरूबारे सहजीकरण गर्नुभयो। कार्यक्रमको समापन गर्दै महामहिम राजदूत श्री तेज बहादुर क्षेत्रीले राजदूतावासले सीमित स्रोत र जनशक्तिका बाबजुद दिनरात नभनी प्रवासी नेपालीहरूको सेवा, सहयोग र सुरक्षामा समर्पित रहेको कुरामा जोड दिनुभयो। दूतावासको आधिकारिक Facebook Page वाट "श्रमिकसंग संवाद" लाइभ कार्यक्रम निकट भविष्यमा छिट्टै संचालन गर्ने र त्यसवाट अझ छिटो, छरितो र आफू रहे वसेको ठाउँवाट परेका समस्याहरु, असुविधाहरु, सूचना र जानकारीहरु प्राप्त गरि लाभान्वित हुन सक्ने कुरा जानकारी गराउनु भयो । कार्यक्रममा उपस्थित सहभागीहरूबाट उठाइएका प्रश्न, गुनासा र समस्याहरूमा तुरुन्तै राजदूतावासका प्रतिनिधिहरूद्वारा प्रत्यक्ष उत्तर प्रदान गरिएको थियो।

कार्यक्रमका सहभागीहरूले दिएका विविध सुझाव तथा सल्लाहहरू NRNA र नेपाली समाजका अध्यक्षद्वारा संकलन गरी काउन्सेलर र श्रम सहचारीसमक्ष हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रम विभिन्न सामाजिक संस्था र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो, जसमा ७,००० भन्दा बढी नेपाली दर्शकहरू प्रत्यक्ष रूपमा जोडिएका थिए।यो कार्यक्रम नेपाली श्रमिकहरूको सुरक्षित, सचेत र सम्मानजनक आप्रवासन सुनिश्चित गर्नतर्फको एउटा प्रभावकारी पहल सावित भएको छ।

कार्यक्रमले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूमा सचेतना अभिवृद्धि गर्नुका साथै, श्रमिक, राजदूतावास र नेपाली समुदायबीचको समन्वयलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

१४ जुलाई २०२५

नेपाली राजदूतावास, अबुधाबी ।

Ministry of Foreign Affairs of Nepal published this content on July 15, 2025, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on July 15, 2025 at 05:49 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at support@pubt.io